काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

थप ३२५ मेगावाट बिजुली भारतमा बेच्न नेपालले पायो अनुमति

16.99K
shares

भारतले नेपालबाट थप ३२५ मेगावाट बिजुली बेच्न अनुमति दिएको छ । भारतले आफ्नो प्रतिस्पर्धी बजारमा बिजुली बेच्न अनुमति दिएको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले जानकारी दिइन् । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत थप ३२५ मेगावाट बिजुलीलाई भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको उनले जानकारी दिएकी हुन् ।

भारतले यसअघि ३९ मेगावाट बिजुली निर्यात गर्न स्वीकृति दिएको थियो भने नेपालले थप बिजुली किन्न भारतलाई आग्रह गर्दै आएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बिजुली किनबेचको विषयमा छलफल भएको थियो । सोही छलफलपछि भारतको उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणबाट बिजुली भारतीय बजारमा बिक्री गर्ने अनुमति दिएको हो ।

अहिले नेपालले भारतबाट बिजुली किनिरहेको छ । बर्खा याममा भने नेपालबाट आवश्यकताभन्दा बढी बिजुली उत्पादन हुँदै आएको छ । सो बिजुली भारतीय बजारमा बेच्ने अनुमति भारतले दिएको हो ।