nmb bank

गृहपृष्ठ २२६ कम्पनीको सेयर किनबेच हुँदा १ अर्ब ९९ करोडको कारोबार

२२६ कम्पनीको सेयर किनबेच हुँदा १ अर्ब ९९ करोडको कारोबार

२२६ कम्पनीको सेयर किनबेच हुँदा १ अर्ब ९९ करोडको कारोबार

बुधबार पनि सेयर बजार घटेको छ । केही समय यता नेप्से लगातार ओरालो लागिरहेको छ । आज सेयर बजारको परिसूचक २३.३२ अंकले घटेर २,४२८.७५ पुगेको हो । दिनभर जम्मा २२६ कम्पनीको ४३ लाख ७९ हजार ४२ सेयर किनबेच हुँदा १ अर्ब ९९ करोड ५९ लाख ६४ हजार ३८४ रुपैयाँ २२ पैसाको कारोबार भएको छ । यो अघिल्लो दिनको तुलनामा बढी हो । कारोबार भएका कुल कम्पनीमध्ये १५६ कम्पनीको मूल्य घटेको छ भने जम्मा ३३ कम्पनीको मूल्य बढेको छ । बाँकी ६ कम्पनीको मूल्य स्थिर छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये तीन उपसमूहको सूचक सकारात्मक देखिएको छ । होटल एन्ड टुरिजमको सूचक २.०६ प्रतिशत, अन्यको ०.३७ प्रतिशत र म्युचल फन्डकोल ०.०६ प्रतिशतले बढेको हो । यीबाहेक अन्य उपसमूहहरूको सूचक नकारात्मक देखिएको छ।

बुधबार राष्ट्र उत्थान लघुवित्त संस्थाको सेयर १० प्रतिशतले बढेको छ। योबाहेक अन्य संस्थाको सेयर भने ४ प्रतिशतभन्दा कमले मात्रै बढेको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार आज  हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । कम्पनीको ९ करोड ४१ लाख ५७ हजार ६१४ रुपैयाँ ५० पैसाको कारोबार भएको हो ।

यसपछि, राष्ट्र उत्थान लघुवित्त संस्थाको ९ करोड ४ लाख ८९ हजार ८१७ रुपैयाँ २० पैसा, नबिल बैंकको ६ करोड ७० लाख १ हजार ७६४ रुपैयाँ, शिवम् सिमेन्टको ५ करोड ३१ लाख ११ हजार ७२१ रुपैयाँ, र नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ४८ लाख ७३ हजार २२६ रुपैयाँ ४० पैसाको कारोबार भएको छ ।

प्रकाशित समय : २१:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु