global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ राष्ट्रपति भण्डारीबाट पाँच अध्यादेश जारी

राष्ट्रपति भण्डारीबाट पाँच अध्यादेश जारी

राष्ट्रपति भण्डारीबाट पाँच अध्यादेश जारी फाइल तस्बिर ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहायबमोजिमका अध्यादेशहरू जारी गरेकी हुन् ।

यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश-२०७८, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश-२०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश-२०७८ रहेको छ । त्यसैगरी तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश-२०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश-२०७८ प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित समय : ०१:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु