गृहपृष्ठ एएफसी कप छनोट : मछिन्द्र पहिलो खेलमै पराजित

एएफसी कप छनोट : मछिन्द्र पहिलो खेलमै पराजित

एएफसी कप छनोट : मछिन्द्र पहिलो खेलमै पराजित

मछिन्द्र फुटबल क्लब एएफसी कप छनोट-२०२२ अन्तर्गत प्ले अफको पहिलो खेलबाटै बाहिरिएकाे छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा श्रीलंकाको ब्लु स्टारसँग २-१ गोल अन्तरले मच्छिन्द्र पराजित भएको हो ।

ब्लु स्टारका मोहमद इशान र सेनल सन्देशले एक/एक गोल गरे । मछिन्द्रका कप्तान सुजल श्रेष्ठले सान्त्वना गोल फर्काए । ब्लु स्टारले मछिन्द्रविरुद्ध तीन मिनेट भित्र दुई गोल गर्दै जित निकालेको हो । खेलको २४औं मिनेटमा मोहमद इशानले गोल गर्दै ब्लु स्टारलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि २७औं मिनेटमा सेनल सन्देशले टिमका लागि दाेस्राे गोल थपे ।

खेलको इन्जुरी समयमा कप्तान सुजलले हेडरमार्फत गोल गरे पनि मछिन्द्रका हार टरेन । पहिलो हाफमा दुई गोल व्यहोरेकाे मछिन्द्रले खेलमा भने पकड जमाएको थियो ।

अब ब्लु स्टारले दोस्रो चरणअन्तर्गत भारतको मोहन बगानसँग अप्रिल १२ मा खेल्नेछ ।

प्रकाशित समय : ०१:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु