nmb bank

गृहपृष्ठ टी-२० फाइनल : टस हारेर ब्याटिङ गर्दै नेपाल

टी-२० फाइनल : टस हारेर ब्याटिङ गर्दै नेपाल

टी-२० फाइनल : टस हारेर ब्याटिङ गर्दै नेपाल

त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० श्रृंखलाको फाइनलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । फाइनल खेलमा नेपालको टोलीमा एक परिवर्तन भएको छ । यसअघि टोलीमा रहेका कमलसिंह ऐरीको स्थानमा सोमपाल कामीले खेल्ने भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ गर्ने निर्णय गर्‍यो । नेपालले श्रृंखलाको लिग चरणमा शतप्रतिशत जितसहित फाइनलको यात्रा तय गरेकाे थियो । यस्तै, पीएनजीले भने तीन हार र एक जितसहित फाइनलमा स्थान बनाएको हो ।

नेपाल सन्दीप लामिछानेको कप्तानीमा पहिलो श्रृंखला जित्ने योजनामा छ ।

प्रकाशित समय : १८:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु