global ime bank Long Banner Ad

गृहपृष्ठ इमरानखानविरुद्ध अविश्वासको प्रस्तावमा मतदान हुने

इमरानखानविरुद्ध अविश्वासको प्रस्तावमा मतदान हुने

इमरानखानविरुद्ध अविश्वासको प्रस्तावमा मतदान हुने

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमा आज भोटिङ हुँदै छ । अविश्वासको प्रस्ताव टुंगो लगाउन स्थानीय समयअनुसार आज बिहान साढे ११ बजे संसदको बैठक बोलाइएको छ । अपराह्न तीन बजे अविश्वास प्रस्तावमा मतदान हुनेछ ।

सत्ता गठबन्धनका दल नै प्रधानमन्त्री खानको विपक्षमा उभिएपछि उनी संकटमा परेका छन् । अल्पमतमा परे पनि उनले राजीनामा नदिने बरु अविश्वास प्रस्ताव सामना गर्ने बताएका छन् । अहिलेसम्म खानको पक्षमा १४२ र विपक्षमा १९९ सांसद देखिएकाले गणितीय हिसाबमा उनी पदमुक्त हुने निश्चित रहेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । पूर्व राष्ट्रिय क्रिकेट खेलाडी इमरान खानले पाकिस्तानको प्रधानमन्त्री पद सन् २०१८ को अगष्टदेखि सम्हालिरहेका छन् । विपक्षी दलहरुले उच्च महँगीलाई प्रमुख मुद्दा बनाएर सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएका थिए ।

प्रधानमन्त्री खानले आफूविरुद्ध अमेरिकाले षडयन्त्र गरेको आरोप लगाएका छन् । पाकिस्तानी सेना भने आफ्नो पक्षमा रहेको खानले बताएका छन् । उनले भनेका छन्, ‘अविश्वास प्रस्ताव पास भयो भने अमेरिकाको जित हुनेछ ।’ उनले आफू कहिले पनि भारतविरुद्ध नभएको बताए । ‘म एन्टी अमेरिकी भएँ तर एन्टी इण्डिया रहिनँ,’ उनले भनेका छन्, ‘हामी सबैसँग मित्रता चाहान्छौं । आज पाकिस्तानमा ठूलो परिवर्तन आएको छ । २५ वर्षअघिसम्म मैले यस्तो परिवर्तन देखेको थिइनँ । अमेरिकाविरुद्ध पूरै जनता छन् ।’

प्रकाशित समय : १६:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु