global ime bank Long Banner Ad

गृहपृष्ठ कुमारी बैंक २१औँ वर्षमा प्रवेश

कुमारी बैंक २१औँ वर्षमा प्रवेश

कुमारी बैंक २१औँ वर्षमा प्रवेश

कुमारी बैंक लिमिटेडले चैत्र २० गते आइतबारदेखि २०औँ वर्ष पूरा गरी २१औँ वर्षमा प्रवेश गरेको छ । यस बैंकद्वारा प्रत्येक वर्षको वार्षिकोत्सव विभिन्न कार्यक्रमहरू सम्पन्न गर्दै आएकोले यस २१ औं वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न कार्यक्रममध्ये कार्ड र डिजिटल प्रडक्टको विस्तार तथा प्रयोगमा बढोत्तरी गर्ने भएको छ । यस कार्यलाई हाम्रा ग्राहकवर्गले सहयोग गरिदिनु हुन्छ भन्ने अपेक्षा बैंकले गरेको छ ।

यो प्रवर्धनलाई अझ सशक्त बनाउने उद्देश्यले बैंकको कार्ड तथा डिजिटल भुक्तानी शाखाले तल उल्लेखित अभियान प्रस्तुत गरेको छ । बैंकले बैंकको वार्षिक उत्सवका अवसरमा चैत्र २० गते कुमारी बैंक लिमिटेडको कार्ड मार्फत डेबिट र क्रेडिट कार्डको हकमा पिओएस अथवा अनलाइनबाट भुक्तानी गर्ने पहिलो कारोबारमा २१ प्रतिशत वा अधिकतममा २ हजार १०० रुपैयाँसम्म क्यासब्याक प्रदान गरिनेछ । यो सुविधा एटिएमबाट पैसा झिक्दा लागू नहुने बैंकले जनाएको छ ।

यसैगरी पहिलो पटक मोबाइल टपअप वा पहिलो क्यूआर भुक्तानी गर्दा बैंकको वार्षिक उत्सवका अवसरमा कुमारी स्मार्ट मोबाइल बैंकिङ प्रयोग गरी पहिलो पटक मोबाइल टपअप गर्दा वा चैत्र २० गतेको दिन पहिलो क्यूआर भुक्तानी गर्दा अधिकतममा २१० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

यसैगरी कुमारी बैंकको २१ औं वार्षिकोत्सवको अवसरमा हेलिकप्टर (सिम्रिक एयर)मार्फत गोसाइँकुण्ड जाने कुमारी बैंकका ग्राहक समूहलाई हवाई यात्रामा अन्य दिनको कुल खर्च भन्दा १२ हजार ५०० रुपैयाँ छुट प्रदान गरिनेछ । ग्राहकले यो छुट वार्षिकोत्सवदेखि एक महिनासम्म प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

साथै लक्की ड्रमार्फत एक ग्राहकलाई बैंकले दुबई भ्रमणको अवसर दिने भएको छ । बैंकको वार्षिकोत्सवका दिन (चैत २०) देखि सात दिनभित्र कुमारी स्मार्ट मार्फत क्यूआर पेमेन्ट, फण्ड ट्रान्सफर, अथवा मोबाइल टपअप गर्दा लक्की ड्र मार्फत एक ग्राहकलाई दुबई भ्रमण उपलब्ध गराइने बैंकले जनाएको छ । लक्की ड्र मार्फत छानिएका विजेताले तीन महिनाभित्रमा यस योजनाको उपभोग गर्नुपर्नेछ साथै विजेताले आफुसँग थप एकजना लाई भ्रमण्मा लिएर जान सक्नेछन् ।

प्रकाशित समय : १६:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु