थप ११ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितकाे संख्या हजारभन्दा तल
वि.सं.२०७८ चैत १९ शनिवार २२:३१
shares

पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दुई हजार ८३ जनामा गरिएको पीसीआर परीक्षणमा १० जना र एक हजार २७७ एन्टिजेन परीक्षणमा एक जना गरी ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९० रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९४२ मा झरेकाे छ । संक्रमितमध्ये ९०२ जना होम आइसोलेसनमा र ४० जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै १६ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा छन् ।
पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये काठमाडौं जिल्लाका ३ जना रहेकाे मन्त्रालयले जनाएकाे छ ।

























