काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गुराँसले सजियाे टीएमजे (फोटोफिचर)

31.73K
shares

गुराँसका केही प्रजाति माघमै फुल्छन्, केही भने जेठतिर मात्र । अधिकांश प्रजातिका गुराँस फुल्ने समय भनेको चैत, वैशाख हो । साधारणतया नयाँ वर्षको आसपासमा गुराँसे वनहरु हेर्नलायक हुन्छन् । स्थानीयका अनुसार गुराँस कुनै वर्ष केही चाँडो र ढिलो पनि फुल्ने गर्छ । गुराँस फुलेको समयमा आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल बढ्छ ।

ताप्लेजुङ, संखुवासभा र तेह्रथुमको संगमस्थल तीनजुरे-मिल्के-जलजले (टीएमजे) नेपालकै ठूलो गुराँस वन क्षेत्र मानिन्छ । यसका साथै एकै स्थानमा सबैभन्दा बढी प्रजातिका गुराँस पाइने क्षेत्र पनि यही हो । टीएमजेमा नेपालमा पाइने ३२ मध्ये टीएमजेमा २८ प्रजातिका गुराँस पाइने बताइन्छ । टीएमजेलाई ‘गुराँसको राजधानी’ पनि भनिन्छ । गुराँसको राजधानी यतिबेला विभिन्न प्रजातिका गुराँस फुलेर हेरिरहुँ लाग्ने बनेको छ ।