global ime bank Long Banner Ad

गृहपृष्ठ हरेक शनिबार एक्सचेञ्ज मेलामा इभि स्कुटर खरिद गर्न सकिने

हरेक शनिबार एक्सचेञ्ज मेलामा इभि स्कुटर खरिद गर्न सकिने

हरेक शनिबार एक्सचेञ्ज मेलामा इभि स्कुटर खरिद गर्न सकिने

लिभिङ स्कुटरको आधिकारिक विक्रेता तथा वितरक इभि मोटर्स नेपालले हरेक शनिबार बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्म एक्सचेञ्ज मेला कार्यक्रम आयोजना गरिरहेको छ । यो कार्यक्रममा इच्छुक महानुभावहरुले आफ्नो पुरानो मोटरसाइकल ल्याई सो मोटरसाइकलको उचित मूल्यांकन गरेर न्यूनतम १५ हजारसम्म प्राप्त गर्न सक्नेछन् । त्यस बापत आफ्नो पुरानो मोटरसाइकल एक्सचेञ्ज गरी नयाँ इभि स्कुटर खरिद गर्न सकिनेछ । यसरी खरीद गरिएको स्कुटरमा ३५ हजारसम्मको छुट प्राप्त गर्ने प्रावधान पनि रहेको छ ।

Lvneng इभि नेपालमा हाल उपलब्ध विद्युतीय स्कुटरहरुमध्येमा सर्वाधिक रुचाइएको तथा विशिष्ट रूपले निर्माण गरिएको स्कुटर हो । यसमा एलजी वा सामसुङको लिथिएम ब्याट्री लगाइएको छ भने जर्मनीको Bosch मोटर रहेको छ ।

इभि मोटर्स नेपाल सम्पूर्णमा विद्युतीय स्कुटरको प्रयोग गर्ने सुझाव प्रस्तुत गर्न चाहन्छ किनकि Lvneng स्कुटरले अन्य पेट्रोलबाट चल्ने स्कुटरको तुलनामा वार्षिक रूपमा ९३ हजार  बचत गर्न सक्छ । एक्सचेञ्ज मेला कार्यक्रमा सहभागि भई जित्नुहोस् फ्रि वासिङ एण्ड सर्भिसिङ र  रमाइलो गेम खेली रमाउन समेत सक्नेछन् ।

प्रकाशित समय : १८:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु