गृहपृष्ठ मोटरहेडको नयाँ वर्ष योजना, बाइक खरिदमा ७ हजारदेखि एक लाखसम्म नगद छुट
मोटरहेडको नयाँ वर्ष योजना, बाइक खरिदमा ७ हजारदेखि एक लाखसम्म नगद छुट
मोटरहेड मोटरसाइकलले नयाँ वर्षको उपलक्क्षमा नयाँ योजना सार्वजनिक गरेको छ । चिनियाँ ब्रान्ड मोटरहेडले नयाँ वर्ष २०७९ को उपलक्क्षमा ‘स्क्र्याच एन्ड क्याच द क्यास’ योजना सार्वजनिक गरेको हो ।
मोटरहेड एड्भेन्चर सेग्मेन्टमा लोकप्रिय ब्रान्ड हो । नेपालमा यसको आधिकारिक बितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालि रहेको छ । कम्पनीले आफ्नो आधिकारिक फेसबुकमार्फत मंगलबार नयाँ योजनाबारे घोषणा गरेको हो । चैत १५ गते सुरू भएको ‘स्क्र्याच एन्ड क्याच द क्यास’ योजना २०७९ वैशाख ३१ गतेसम्म लागु हुनेछ । यो अवधिमा मोटरहेडका बाइक खरिद गर्दा ग्राहकहरूले ७ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म नगद छुट पाउनेछन् । सो नगद छुट स्क्र्याच गरेर प्राप्त गर्न सकिने हो ।
यसबाहेक एक जना भाग्यशाली विजेताले दुई लाख सात हजार नौ सय रुपैयाँ जित्नेछन् । कम्पनीका अनुसार यो अवसर मोटरहेडको १७ ठाउँमा स्थित सोरुममा उपलब्ध हुनेछ । हाल मोटरहेडको सोरुम धोबिघाट, टेकु, चाबाहिल, बालाजु, सल्लाघारी, इटहरी, पोखरा, बिरेन्द्रनगर, स्याङ्जा, धादिङ, बिर्तामोडलगायत ठाउँमा छन् । हाल मोटरहेडका बाइकहरूको सुरुवाती मूल्य ३ लाख ५ हजार रुपैयाँदेखि ४ लाख ५५ हजार रुपैयाँसम्म तोकिएको छ ।
प्रकाशित समय : १९:२० बजे



















