काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दर्मिजाका तातोपानी कुण्ड व्यवस्थित गरिँदै

14.39K
shares

उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका-४, दर्मिजामा रहेका प्राकृतिक तातोपानीका कुण्ड जानका लागि बाटो र कुण्डमा भौतिक पूर्वाधार निर्माण भएपछि दुर्गम स्थानमा रहेका तातोपानी कुण्ड व्यवस्थित बनेका छन् । दर्मिजा गाउँको पुछारमा रघुगंगा नदीको किनारमा रहेको मुहानबाट ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रमको तातोपानी निस्कने गर्दछ ।

प्राकृतिक तातोपानीमा डुब्दा विभिन्न रोग निको हुने विश्वास गरिन्छ । यस अगाडि सानो पोखरी रहेकामा गतवर्ष जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा पोखरी निर्माण गरिएको तातोपानी पूर्वाधार निर्माण उपभोक्ता समितिका अध्यक्ष बिप्रसाद पुनले जानकारी दिए ।

रघुगंगा नदीको किनारमा अलग-अलग ठाउँमा चार पोखरी बनाइएको छ । कुण्डमा जाने ठाउँको दक्षिणतर्फ जल बराहको मन्दिर छ । मन्दिरको दाहिनेतर्फ रहेको पोखरीमा प्लाष्टिकको छाना हालिएको छ । सो पोखरीमा एक पटकमा २५ जनासम्मले डुबेर उपचार सेवा लिँदै आएका छन् । मन्दिरको देब्रेतर्फ सानाठूला गरी तीन पोखरी छन् । एउटा पोखरीमा २० जना, अर्कोमा १० जना र तेस्रो पोखरीमा पनि १० जनाले एकसाथ बसेर डुब्नसक्ने गरीे पक्की पर्खालसहित निर्माण गरिएको छ ।

यीे पोखरी निर्माण गर्न जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले ३५ लाख सहयोग गरेको थियो । कोरोनाको जोखिमका बेलामा पनि स्थानीय मजदुर परिचालन गरि पोखरी निर्माण गरिएको दर्मिजा तातोपानी कुण्ड व्यवस्थापन समितिका पूर्वअध्यक्ष तबहादुर शेरपूजाले बताए । सो मुहानको पानी संकलन गरे छालासम्बन्धी रोग, चोटपटक, बज्रिएको, सुन्निने जस्ता समस्या निको हुने विश्वास छ । यहाँ स्नान गर्न आउने पाहुना तथा पर्यटकलाई बस्न मिल्ने स्थानको निर्माण पनि यस अगाडि भइसकेको स्थानीय ललिता गर्बुजाले बताए । यस पोखरीको नजिक एउटा आर्कषक झरना रहेको छ । गण्डकी प्रदेशसभा सदस्य विनोद केसीको पहलमा यो योजनाका लागि बजेट विनियोजन गरिएको हो । यस स्थानलाई सुरक्षित राख्न अहिले तटबन्धको कार्य भइरहेको अध्यक्ष पुनले जानकारी दिए ।