गृहपृष्ठ २२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक
२२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकले २२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्री गर्ने भएको छ । चैत्र १४ गते सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको बैंकले जनाएको छ । चैत्र १५ गते जारी मिति तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन् । बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको नौं अर्ब १० करोड, एक सय ८२ दिने अवधिको तीन अर्ब र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँको रहेको छ ।
बिक्री गरिने कुल ट्रेजरीमध्ये २८ दिने, ९१ दिने र एक सय ८२ दिने टे«जरी पुरानो नविकरण अन्र्तगत रहेको छ भने तीन सय ६४ दिने ट्रेजरी नयाँ रहेको छ । यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमश :२०७९ बैशाख १३ गते, २०७९ असार १४ गते, २०७९ असोज ११ गते र २०७९ चैत्र १४ गते तोकिएको राष्ट्र बैंकको भनाइ छ । यसअघि गत साता अर्थात यही चैत्र सात गते पनि राष्ट्र बैकले ११ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
प्रकाशित समय : २३:४५ बजे



















