global ime bank Long Banner Ad

गृहपृष्ठ सांसद साहमाथिकाे आक्रमणबारे छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धता

सांसद साहमाथिकाे आक्रमणबारे छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धता

सांसद साहमाथिकाे आक्रमणबारे छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गृहमन्त्री बालकृष्ण खाणले सर्लाहीको ईश्वरापुर नगरपालिका-६ मा जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक सांसद प्रमोद साहमाथि भएको सांघातिक आक्रमणको छानबिन गरिने बताएका छन् ।

शनिबार भएकाे आक्रमणमा घाइते भएका साहलाई मेडिसिटी अस्पतालमा भेट गरेपछि गृहमन्त्री खाणले घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्नै प्रतिबद्धता जनाए । गृहमन्त्री खाणले सांसद साहको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरे ।

पार्टी कामको सिलसिलामा गृहजिल्ला सर्लाही पुगेका सांसद साहको आक्रमणबाट टाउकोमा गहिरो चोट लागेको छ । गृहमन्त्री खाँणले घटनाको यथार्थ पत्ता लगाउन गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशनसमेत दिएका छन् ।

प्रकाशित समय : १२:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु