global ime bank Long Banner Ad

गृहपृष्ठ मारवाडी सेवा समितिद्वारा कृत्रिम खुट्टा वितरण

मारवाडी सेवा समितिद्वारा कृत्रिम खुट्टा वितरण

मारवाडी सेवा समितिद्वारा कृत्रिम खुट्टा वितरण

मारवाडी सेवा समिति नेपाल र पशुपति गौशाला धर्मशालाले निःशुल्क कृत्रिम खुट्टा वितरण गरेको छ । शनिबार गौशाला धर्मशालामा एक कार्यक्रम गरी विभिन्न कारणले खुट्टा गुमाएका चार जनालाई कृत्रिम खुट्टा वितरण गरिएको हो ।

कार्यक्रममा दाङका अनिल घर्तीमगर, रुकुमपूर्वकी फूरी पुन, गुल्मीकी बसन्ती कामी र पर्वतकी सविता नेपालीलाई कृत्रिम खुट्टा प्रदान गरिएको समितिका महासचिव महाविर घिरैयाले जानकारी दिए । महासचिव घिरैयाका अनुसार विगत लामो समयदेखि संस्थाले कृत्रिम खुट्टा वितरण गर्दै आएको छ । 'अहिलेसम्म हामीले धेरैलाई नि:शुल्क कृत्रिम खुट्टा वितरण गरिसकेका छाैं । कृत्रिम खुट्टाकाे आवश्यकता भएका अरू काेही तपाईंहरूले भेट्नुभयाे भने हामीसँग सम्पर्क गराइदिनुहाेला । आर्थिक अवस्था अत्यन्त कमजाेर भएकाहरू हुनुहुन्छ भने हामीले यहाँ खाने र बस्नेकाे पनि व्यवस्था गरेका छाैं,' महासचिव घिरैयाले भने ।

उनीहरुका लागि करिब एक हप्ताअघि खुट्टाको नाप लिइएको थियो । नाप लिएको एक हप्तापछि कृत्रिम खुट्टा तयार भएको अर्थोपेडिक प्राविधिक हरिराम बोगटीले बताए । उनका अनुसार कृत्रिम खुट्टा लगाइसकेपछि अभ्यस्त हुन केही समय लाग्ने र बढीमा एक महिनापछि भने विनालठ्ठी हिँडडुल गर्न सकिन्छ । कृत्रिम खुट्टा तयार गर्न घुँडाभन्दा माथिसम्मका लागि डेढ लाख र घुँडाभन्दा तलसम्मका लागि ६५ हजार रुपैयाँ खर्च लाग्ने प्राविधिक बोगटीले जानकारी दिए ।

प्रकाशित समय : ०१:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु