गृहपृष्ठ आधुनिक नेपाल लाइफ पाठशालाको उद्घाटन
आधुनिक नेपाल लाइफ पाठशालाको उद्घाटन
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कमलपोखरी स्थित नेपाल लाइफ भवन (सिटी सेन्टर)मा स्थापना गरेको 'नेपाल लाइफ, पाठशाला' नामक प्रशिक्षण कक्षको शुभारम्भ गरेको छ ।
बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल तथा नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले संयुक्त रुपमा उक्त 'नेपाल लाइफ पाठशाला' को समुद्घाटन गरेका हुन ।
कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यस्ता किसिमका गुणस्तरीय तालिमको पूर्वाधारहरुलाई क्षेत्रीय स्तरमा समेत विस्तार गरिने सोच रहेको बताए । उनले नेपाल लाइफ, पाठशाला भविष्यमा एक उदाहरणीय तालिम प्रदान गर्ने संस्था बन्नेछ भन्ने विश्वास व्यक्त गरे । कार्यक्रमका बिमा समितिका अध्यक्ष सिलवालले नेपाल लाइफले सुरु गरेको पाठशाला एक उदहारणीय कार्य भएको बताउँदै सफलताको शुभकामना व्यक्त गरे ।
नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघले अभिकर्ता तथा कर्मचारीहरुको व्यवसायिक दक्षता एवं क्षमता अभिबृद्धिका लागि नियमित प्रशिक्षणको आवश्यकता महसुस गरी सुविधा सम्पन्न 'नेपाल लाइफ, पाठशाला' को स्थापना गरिएको बताए । आगामी दिनहरुमा यस पाठशालामा विज्ञ प्रशिक्षकहरुमार्फत अभिकर्ता र कर्मचारीको लागि नियमित तालिम एवं सेमिनार सञ्चालन गर्न कम्पनी व्यवस्थापनलाई सुझाव दिए ।
प्रकाशित समय : २३:४४ बजे
















