गृहपृष्ठ कीर्तिमानी धावक मानन्धर सम्मानित

कीर्तिमानी धावक मानन्धर सम्मानित

कीर्तिमानी धावक मानन्धर सम्मानित

गाेंगबुस्थित युरो स्कुल/युरो किड्सले पूर्व धावक बैकुण्ठ मानन्धरलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । युरोको वार्षिक खेलकुद दिवसको समापन अवसरमा मानन्धरलाई सम्मान गरिएको हो ।

युरोका अध्यक्ष प्रमोद पाण्डे, शैक्षिक निर्देशक दीपक गुप्ता, निर्देशकद्वय ज्ञानेन्द्रमान जोशी र राजाराम पुडासैनीले मानन्धरलाई नगदसहित मायाको चिनो प्रदान गरे । मानन्धर दक्षिण एसियाली खेलकुद (साग)मा म्याराथनअनतर्गत लगातार तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी हुन् । भारतमा १९८७ मा भएको तेश्रो सागमा मानन्धरले बनाएको २ घण्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान अहिले पनि कायम छ । चार फरक संस्करणको ओलम्पिकमा सहभागिता जनाइसकेका मानन्धरले एसियाली खेलकुदमा पनि प्रतिस्पर्धा गरिसकेका छन् ।

पाँचदिने खेलकुद दिवसको समापनमा मानन्धरले विभिन्न खेलका पदक विजेतालाई पनि पुरस्कृत गरे । खेलकुद दिवसमा ब्याडमिन्टन, टेबलटेनिस, बास्केटबल, फुटबल र एथलेटिक्सको प्रतिस्पर्धा भएको थियो । पुरानाे खेलको जर्गेना गर्ने उद्देश्यले बाघचाल, गट्टा, चुंगी र ढ्याक खेलको पनि प्रतिस्पर्धा गराइएको अध्यक्ष पाण्डेले जानकारी गराए ।

प्रकाशित समय : २३:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु