गृहपृष्ठ भिभोको भी-२३ई अभियानले भित्री सुन्दरतामा विश्वास गर्न प्रेरित गर्दै
भिभोको भी-२३ई अभियानले भित्री सुन्दरतामा विश्वास गर्न प्रेरित गर्दै
केही साताअघि भिभोले नेपालमा भी-२३ई सार्वजनिक गरेको थियो । विश्व बजारमा प्रख्यात भी शृंखलामा हालै थपिएको भी-२३ईले नेपालमा ग्राहकहरूबाट राम्रो प्रतिक्रिया पाएको कम्पनीले बताएको छ । दुई दिन भित्रमा देशभरबाट आएका प्रि-बुकिङ अर्डरले पनि यसको सफलतालाई दर्शाएको छ ।
भिभोले हालै भी-२३ई को'भी आर गोर्जिएसु व्यक्तित्व झल्काउने नेपालका प्रभावशाली व्यक्तित्वहरू-प्रदीप खड्का, सुकदेव कार्की, सजन श्रेष्ठ, भेक र एन्जल महर्जन लगायतसँग सहकार्य गरेको छ । भिभोले ती प्रभावकारी व्यक्तिहरूलाई उनीहरूको फ्यानबेससँग मानिस खास गरी भिन्नताका बाबजुद सुन्दर छन् भन्ने मर्म जगाउन र आफ्नो सुन्दर रुपान्तरण कथाहरू बताउन प्रोत्साहित गरेको कम्पनीको भनाइ छ।
यी व्यक्तिहरूले आन्तरिक सुन्दरता बाह्य सुन्दताभन्दा बढी आकर्षक र महत्वपूर्ण हुने विषयमा आ-आफ्नो धारणा समेत व्यक्त गरेका छन् । भिभोको सहकार्यले धेरै मानिसहरूलाई आफ्नो रुपान्तरणको यात्राबारे खुलेर बोल्नसमेत प्रेरित गरेको छ । भिभोले सबैको आफ्नो एउटा सुन्दर कथा हुन्छ भन्ने विश्वासका साथ 'सेयर योर गोर्जियस स्टोरी' नामक प्रतियोगिता सुरु गरेको थियो, जसमा सहभागी भई दुई भाग्यशाली विजेताहरूले प्रदीप खड्कासँग फिचर हुने अवसरका साथै प्रत्येक व्यक्तिले पाँच हजार नगद पुरस्कार जित्ने मौका पाए ।
भी-२३ ईमा ५० मेगापिक्सलको सेल्फी क्यामेरा छ । यसमा एआई एक्सट्रिम नाइट पोट्रेट तथा मल्टिस्टाइल पोट्रेट, डबल एक्सपोजर मोड, अपग्रेड गरिएको डुअल-भ्यू भिडिओलगायत विभिन्न मोडहरू छन् । फोनमा ६४ मेगापिक्सलको मुख्य क्यामेरा छ । जसले गर्दा रातको समयमा पनि स्पष्ट फोटा खिच्न सकिन्छ ।
नेपाली बजारमा भी-२३ ई मुनलाइट स्याडो र सनसाइन कोस्ट गरी दुई रंग विकल्पमा उपलब्ध छ । कम्पनीले ८ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज भएको भी-२३ ईको सुरूवाती बजार मूल्य ४४ हजार ९ सय ९९ रुपैयाँ तोकेको छर त्यस्तै ८ जीबी र्याम र २५८ जीबी आन्तरिक स्टोरेज भएको संस्करणको बजार मूल्य ४९ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ ।
प्रकाशित समय : १८:१७ बजे

















