गृहपृष्ठ पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग
पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग
काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले भोटेकोशी बाढीपीडितको उद्धार र राहतका लागि एक महिनाको पेन्सन रकम सहयोग गरेकी छन ।
उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी राष्ट्रिय वाणिज्य बैंकको खातामा मासिक पेन्सनबापतको रकम ७७ हजार जम्मा गरेको उनको सचिवालयले जनाएको छ ।
पूर्वप्रधानमन्त्री कार्कीले एक अपिलमार्फत बाढी विपद्को सङ्कटबाट पार पाउन सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिएकी छन । उनले उद्धार, राहत, उपचार र पुनःस्थापनामा अहोरात्र खटिने सबैको सक्रियता र समर्पणको उच्च प्रशंसा गर्दै आफ्नो सामथ्र्यअनुसार प्रभावित परिवार र समुदायको सहयोगमा जुट्न सबैलाई आग्रह गरेकी छन ।
प्रकाशित समय : १७:३५ बजे


















