गृहपृष्ठ नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग
नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारको उद्धार, राहत र पुनःस्थापनाका लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।
नेपाल लाइफका सञ्चालक कमलेशकुमार अग्रवाल, पूर्वअध्यक्ष गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।
कम्पनीले विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
नेपाल लाइफले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् तथा संकटका समयमा राज्य र समुदायसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
कम्पनीले प्रभावित समुदायको राहत तथा पुनःस्थापनामा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न सबै नागरिकलाई आग्रहसमेत गरेको छ।
प्रकाशित समय : १७:१० बजे


















