गृहपृष्ठ इरानविरुद्ध कारबाही जारी रहेको ट्रम्पको भनाइ
इरानविरुद्ध कारबाही जारी रहेको ट्रम्पको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको अमेरिकी सैन्य कारबाही समाप्त नभएको बताउनुभएको छ । हर्मुज जलघाँटी खुले पनि त्यसलाई सैन्य अभियान अन्त्य भएको सङ्केतका रूपमा नलिन उहाँले चेतावनी दिएको छन् ।
पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले हालैको द्वन्द्वपछि इरान गम्भीर सैन्य तथा आर्थिक दबाबमा रहेको दाबी गरे । उनले इरानसँग सैन्य क्षमता सीमित रहेको र मुलुक आर्थिक समस्यामा परेको बताए । “होर्मुज खुला छ भन्दैमा हामीले सैन्य कारबाही समाप्त ग¥यौँ भन्ने होइन”, उनले भन्े ।
राष्ट्रपति ट्रम्पले भविष्यमा हुन सक्ने अमेरिकी सैन्य कारबाहीका सर्त वा योजनाबारे कुनै विवरण दिएन । उनले इरानी नेतृत्वसँग तत्काल वार्ता गर्ने सम्भावनालाई समेत अस्वीकार गर्दै इरानसँग अहिले वार्ता गर्नुपर्ने अवस्था नरहेको बताए ।
यसैबीच, रुसले इरानसँगको सम्बन्ध घटाउन असफल भए कारबाही गर्ने आफ्नो अभिप्राय छ कि छैन भन्ने प्रश्नमा ट्रम्पले निर्णय परिस्थितिमा निर्भर रहने बताए । उनले हर्मुजको विषयमा रुसले अहिलेसम्म ‘राम्रो व्यवहार’ गरेको उल्लेख गरे । तर रुसले के कदम चालेको हो भन्ने उनले स्पष्ट पारेनन् ।
ट्रम्पका पछिल्ला भनाइ महत्त्वपूर्ण समुद्री मार्ग पुनः खुले पनि वासिङ्टनले इरानसँग तत्काल कूटनीतिक संवाद अघि नबढाउने सङ्केतका रूपमा आएका छन् । अमेरिकी प्रशासनले तेहरानमाथि आर्थिक प्रतिबन्ध, सैन्य दबाब र थप कारबाहीको सम्भावनालाई निरन्तरता दिएको छ ।
ओमान र इरानबीच रहेको हर्मुज जलघाँटी खाडीलाई अरब सागर र ओमानको खाडीसँग जोड्ने महत्त्वपूर्ण ऊर्जा मार्ग हो । विश्व बजारमा खाडी मुलुकबाट तेल तथा तरलीकृत प्राकृतिक ग्यास आपूर्तिका लागि यसको प्रमुख भूमिका रहेको छ ।रासस
प्रकाशित समय : १७:१० बजे


















