गृहपृष्ठ विपद्मा प्रविधिको साथ : नेपाल चेम्बरले प्रहरीलाई १७ वटा सर्भिलेन्स ड्रोन दियो

विपद्मा प्रविधिको साथ : नेपाल चेम्बरले प्रहरीलाई १७ वटा सर्भिलेन्स ड्रोन दियो

विपद्मा प्रविधिको साथ : नेपाल चेम्बरले प्रहरीलाई १७ वटा सर्भिलेन्स ड्रोन दियो

काठमाडौं । विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन नेपाल चेम्बर अफ कमर्सले नेपाल प्रहरीलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण गरेको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालय पुगेर चेम्बरका वरिष्ठ उपाध्यक्ष एवं विपद् व्यवस्थापन परिषद्का सभापति दीपककुमार मल्होत्राले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई ड्रोन हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गरिएका ड्रोनमध्ये म्याभिक फोर प्रो २ वटा, एयर थ्री एस एफएमसी आरसी टु ५ वटा, मिनी फाइभ प्रो प्लस एफएमसी आरसी टु २ वटा, लिटो वान प्लस एफएमसी आर थ्री ६ वटा र लिटो एक्स वान एफएमसी आर टु २ वटा छन् ।

कठिन भौगोलिक अवस्था र जोखिमयुक्त क्षेत्रमा उद्धार टोलीको प्रत्यक्ष पहुँच कठिन हुने अवस्थामा ड्रोनबाट प्रभावित क्षेत्रको निगरानी, क्षतिको अवस्थाबारे जानकारी संकलन तथा उद्धार कार्यको समन्वय गर्न सहज हुने चेम्बरले जनाएको छ ।

विपद्मा प्रविधिको प्रयोग बढाउँदै चेम्बरले यसअघि नै ५० किलोसम्म पेलोड बोक्न सक्ने एउटा ड्रोन र एउटा सर्भिलेन्स ड्रोन विदुर नगरपालिकामा पठाइसकेको छ । प्रभावित क्षेत्रमा सञ्चार तथा अत्यावश्यक विद्युतीय उपकरण सञ्चालनमा सहयोग पुर्‍याउन १२५ वटा पावर बैंकसमेत उपलब्ध गराइएको चेम्बरले जनाएको छ ।

चेम्बरले रसुवा, नुवाकोट र धादिङलगायत बाढी प्रभावित जिल्लामा राहत संकलन तथा वितरण अभियानसमेत अघि बढाएको छ । भाद्र ११ गतेदेखि नगद तथा जिन्सी सहयोग उपलब्ध गराउन थालेको चेम्बरले राहत तथा पुनःस्थापनाका लागि सहयोगलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित समय : १७:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु