काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

युक्रेनको एउटा सानो सहरले रुसको ठूलो योजना विफल बनायो

15.77K
shares

युक्रेनका धेरै ठुला सहरहरु रुसले कब्जा गरेको छ । तर एउटा सानो सहर छ, जसले रुसी सेनालाई लखेट्न सफल भएको छ । यो लडाइँ हालसम्मको सबैभन्दा निर्णायक लडाइँमध्यको एक थियो । खेती र उब्जाउ जमिन भएको सहर वोज्नेसेन्स्क र यसको रणनीतिक रुपमा महत्वपूर्ण पुलमा नियन्त्रणका लागि दुई दिनसम्म भिषण संघर्ष चल्यो ।

यदि यहाँ रुस विजयी भएको भए कालो सागरको किनारसँगै ओडेसाको विशाल बन्दरगाह र एक प्रमुख परमाणु ऊर्जा संयन्त्रमा रुसले नियन्त्रण गर्न सक्थ्यो ।

तर युक्रेनका स्थानीय स्वयंसेवकको सहयोगमा युक्रेनी सेनाले रुसी सेनाको रणनीति विफल बनाइदियो । रुसी सेनालाई शहर प्रवेशमा रोक्ने उद्देश्यले युक्रेनी सेनाले सुरुमा पुल भत्काइदिए । त्यसपछि प्रतिकार गर्दै रुसी सेनालाई त्यहाँबाट १०० किलोमिटर टाढासम्म धपाउन सफल भए ।

रुसविरुद्ध लड्न ब्रिटेनले युक्रेनका धेरै स्थानमा एन्टी ट्यांक मिसाइल लगायतका हतियार सहयोग गरेको छ । त्यसैको सहयोगले वोज्नेसेन्स्क शहरमा स्थानीय र युक्रेनी सेनाले रुसी सेनाको प्रतिकार गरेका थिए ।

युक्रेनको दोस्रो ठूलो नदीमाथि बनेको पुलमा कब्जा गर्न रुस असफल रह्यो । यसबाट वोज्नेसेन्स्को रणनीतिक महत्व थप स्पष्ट भयो ।