global ime bank Long Banner Ad

गृहपृष्ठ जोरपाटी-साँखु सडक पिच गर्न माग गर्दै थलीमा स्थानीयको अवरोध

जोरपाटी-साँखु सडक पिच गर्न माग गर्दै थलीमा स्थानीयको अवरोध

जोरपाटी-साँखु सडक पिच गर्न माग गर्दै थलीमा स्थानीयको अवरोध

जोरपाटी-साँखु सडकखण्ड कालोपत्रे गर्न माग गर्दै थलीका बासिन्दाले सडक अवरुद्ध पारेका छन् । घाम लाग्दा धुलो र पानी पर्दा हिलोका कारण सास्ती खेप्दै आएका स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै आज बिहानैदेखि सडक अबरुद्ध पारेका हुन् ।

उनीहरुले सडकमा बाँसका भाटा तेर्स्याएर बसेका छन् । त्यसैले थली सडकखण्डमा सन्चालन हुने सबै सवारी साधनहरूलाई जोरपाटी-सुन्दरीजल हुँदै आउने-जाने व्यवस्था मिलाइएको छ ।

यसैगरि काठमाडौंका अन्य धेरै स्थानमा समेत खराब बाटोका कारण स्थानीय आन्दोलित बनेका छन् ।

चिबहाल र सुनाकोठीमा बाँसका भाटा तेर्स्याएर स्थानीयले सडक बन्द गराउँदा सवारी आवागमन प्रभावित भएको छ ।

ललितपुरको सातदोबाटो-चापागाउँ सडकखण्डमा पनि स्थानीयले यातायात अवागमन अवरुद्ध पारेका छन् ।

प्रकाशित समय : १६:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु