global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ मधेसमा विद्युत महसुल नतिर्ने १२ हजार ८३३ ग्राहकको लाइन काटियो

मधेसमा विद्युत महसुल नतिर्ने १२ हजार ८३३ ग्राहकको लाइन काटियो

मधेसमा विद्युत महसुल नतिर्ने १२ हजार ८३३ ग्राहकको लाइन काटियो

मधेस प्रदेशमा लामो समयदेखि विद्युत महसुल नतिर्ने १२ हजारभन्दा बढी ग्राहकको विद्युत लाइन काटिएको छ । विद्युत प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका अनुसार विद्युत् उपभोग गरे पनि लामो समयसम्म विद्युत महसुल नबुझाउने १२ हजार ८३३ ग्राहकको विद्युत लाइन काटिएको छ । मधेस प्रदेशका आठवटै जिल्लास्थित वितरण केन्द्रबाट खटिएको टोलीले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन कट्टा गरी ६४ करोड ३५ लाख रुपैयाँ महसुल संकलन गरिएको विद्युत प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालयका प्रमुख इ मुनिन्द्र ठाकुरले जानकारी दिए ।

लाइन कट्टा गरिएकामध्ये नौ हजार ७१४ जनाले पुनः लाइन जडान गरेको र त्यसबाट ४२ करोड ९२ लाख ३९ हजार १९० रुपैयाँ राजस्व संकलन भएको प्रमुख इ ठाकुरले बताए । विद्युत् मिटर लिएर बिजुली उपभोग गर्ने तर लामो समयसम्म महसुल नबुझाउने प्रवृत्ति बढेकाले विदयुत लाइन काट्ने अभियान चलाइएको उनको भनाइ छ ।

यस्तै विद्युत चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि मधेस प्रदेशमा चालु आर्थिक वर्षको सात महिनामा करिब चार प्रतिशत विद्युत चुहावटमा कमी आएको छ । विदयुत प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय मातहतका वितरण केन्द्रले चुहावट नियन्त्रणका लागि अभियान चलाएपछि चालु आर्थिक वर्षको साउनदेखि माघ महिनासम्ममा विद्युत् चुहावट तीन दशमलव ८२ प्रतिशतले घटेको छ । 

गत आर्थिक वर्षमा १६ दशमलव १२ प्रतिशत विद्युत् चुहावट भएकामा चालु आर्थिकको सात महिनाको अवधिमा विदयुत चुहावटलाई १२ दशमलव तीन प्रतिशतमा झारिएको विद्युत् प्राधिकरणले जनाएको छ । सबैभन्दा बढी सिरहाको लहान वितरण केन्द्रले १३ दशमलव ९७ प्रतिशत चुहावट नियन्त्रण गरेको छ भने सबैभन्दा कम सर्लाहीको मलंगवा वितरण केन्द्रले चार प्रतिशत विदयुत चुहावट नियन्त्रण गरेको प्रमुख ई ठाकुरले जानकारी दिए । यसरी हेर्दा मधेस प्रदेशमा मधेस प्रदेशमा लामो समयदेखि विद्युत् महसुल नतिर्ने १२ हजारभन्दा बढी ग्राहकको विद्युत लाइन काटिएको छ ।

विद्युत प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका अनुसार विद्युत् उपभोग गरे पनि लामो समयसम्म विदयुत महसुल नबुझाउने १२ हजार ८३३ ग्राहकको विद्युत लाइन काटिएको छ । मधेस प्रदेशका आठवटै जिल्लास्थित वितरण केन्द्रबाट खटिएको टोलीले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा विद्युत महसुल नबुझाउने ग्राहकको लाइन कट्टा गरी ६४ करोड ३५ लाख रुपैयाँ महसुल संकलन गरिएको विद्युत प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालयका प्रमुख इ मुनिन्द्र ठाकुरले जानकारी दिए।

लाइन कट्टा गरिएकामध्ये नौ हजार ७१४ जनाले पुनः लाइन जडान गरेको र त्यसबाट ४२ करोड ९२ लाख ३९ हजार १९० रुपैयाँ राजस्व संकलन भएको प्रमुख इ ठाकुरले बताए । विद्युत् मिटर लिएर बिजुली उपभोग गर्ने तर लामो समयसम्म महसुल नबुझाउने प्रवृत्ति बढेकाले विदयुत लाइन काट्ने अभियान चलाइएको उनको भनाइ छ ।

यस्तै विद्युत चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि मधेस प्रदेशमा चालु आर्थिक वर्षको सात महिनामा करिब चार प्रतिशत विदयुत चुहावटमा कमी आएको छ । विदयुत प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय मातहतका वितरण केन्द्रले चुहावट नियन्त्रणका लागि अभियान चलाएपछि चालु आर्थिक वर्षको साउनदेखि माघ महिनासम्ममा विद्युत चुहावट तीन दशमलव ८२ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षमा १६ दशमलव १२ प्रतिशत विद्युत् चुहावट भएकामा चालु आर्थिकको सात महिनाको अवधिमा विद्युत चुहावटलाई १२ दशमलव तीन प्रतिशतमा झारिएको विद्युत् प्राधिकरणले जनाएको छ । सबैभन्दा बढी सिरहाको लहान वितरण केन्द्रले १३ दशमलव ९७ प्रतिशत चुहावट नियन्त्रण गरेको छ भने सबैभन्दा कम सर्लाहीको मलंगवा वितरण केन्द्रले चार प्रतिशत विदयुत चुहावट नियन्त्रण गरेको प्रमुख ई ठाकुरले जानकारी दिए ।

यसरी हेर्दा मधेस प्रदेशमा विद्युत चुहावट नियन्त्रण अभियानबाट विगत सात महिनाको अवधिमा ३४ करोड रुपैयाँ बराबरको विदयुत चुहावट घटेको अनुमान गरिएको छ । सो अवधिमा चुहावट नियन्त्रण अभियानअन्तर्गत विद्युत हुकिङ गर्ने एक हजार ५९० लाई पक्राउ गरी तिनीहरूबाट जरिवानाबापत तीन करोड ४८ लाख रुपैयाँ राजस्व संकलन भएको प्रमुख ई ठाकुरले बताए ।

प्रकाशित समय : १६:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु