काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेन्डा

13.04K
shares

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि बस्ने भएको छ । केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बबरमहलमा आज बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बस्नेछ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलका प्रतिवेदनमाथि छलफल हुनेछन् ।

साथै सातै प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गर्नेछन् । बिहिबारसम्म चल्ने बैठकमा चुनावी घोषणा पत्र तथा उम्मेदवार चयन मापदण्डलगायतबारे पनि छलफल गर्ने एजेन्डा रहेको एमालेले जनाएको छ ।