असईको परीक्षामा चिट चोर्नेलाई कारबाही गरियो, पाँच वर्ष परीक्षा दिन नपाउने
वि.सं.२०७८ चैत ९ बुधवार १४:४०
shares

लोक सेवा आयोगले लिएको प्रहरी सहायक निरीक्षक (जनपद)को परीक्षामा चिट चोर्नेहरूलाई कारबाही गरिएको छ । ०७८ फागुन ९ र फागुन ११ मा चलेका परीक्षामा चिट चोर्ने सात जनालाई कारबाही गरिएको हाे ।
खोटाङका श्रीकास राई, पोखराकी अनिता खत्री, स्याङ्जाका प्रदीप नेपाली, दैलेखका यामबहादुर कामी, पाल्पाका रोशन ढकाल, बागलुङकी लालमाया पुन र जुम्लाका अग्निप्रसाद सन्ज्याललाई लोक सेवाले कारबाही गरेको छ ।
प्रश्नपत्र फिर्ता नगरेको, मोबाइल फोन प्रयोग गरी उत्तरपुस्तिकामा उतारेको र शौचालयमा नोट र मोबाइल फोन प्रयोग गरेको पाइएपछि उनीहरुलाई कारबाही गरिएको हो ।
साथै परीक्षामा कापी साटफेर गर्नुका साथै नक्कली परीक्षार्थीको प्रयोग गरेको पाइएको छ । नक्कली परीथार्थीबाट परीक्षा दिन लगाउनेलाई पाँच वर्षसम्म आयोगको परीक्षा दिन नपाउने गरी निलम्बन गरिएको छ ।

























