nmb bank

गृहपृष्ठ संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्ध परेको मुद्दामा आजदेखि सुनुवाइ

संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्ध परेको मुद्दामा आजदेखि सुनुवाइ

संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्ध परेको मुद्दामा आजदेखि सुनुवाइ

सर्वोच्च अदालतले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्ती विरुद्धको मुद्दामा आज संवैधानिक इजलासमा सुनुवाइ गर्दैछ । संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् ।

गत शुक्रबार संवैधानिक इजलासबाट आजका लागि पेशी तोक्ने आदेश भएको थियो । संवैधानिक इजलासले दुवै पक्षलाई एक/एक घण्टा समय दिएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा संवैधानिक परिषदको सिफारिसमा नियुक्त भएका ५२ जना पदाधिकारीको नियुक्ति खारेजीको माग गर्दै अधिवक्ता डा. गणेश रेग्मीले रिट निवेदन दर्ता गरेका थिए ।

तर १७ भदौ २०७८ मा न्यायाधीश हरि फुयाँलले एकल इजलासबाट संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित गर्न आदेश दिएका थिए ।

प्रकाशित समय : १४:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु