गृहपृष्ठ सरकारले तेस्रोपटक ल्यायो रेल्वे अध्यादेश, राष्ट्रपतिबाट जारी

सरकारले तेस्रोपटक ल्यायो रेल्वे अध्यादेश, राष्ट्रपतिबाट जारी

सरकारले तेस्रोपटक ल्यायो रेल्वे अध्यादेश, राष्ट्रपतिबाट जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश-२०७८ जारी गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले मंगलबार रेल्वे अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् जनाएको छ । योसहित रेल्वे अध्यादेश तीनपटक जारी भएको छ ।

यसअघि ०७८ मंसिर र वैशाखमा सरकारले रेल्वे अध्यादेश जारी गर्न सिफारिस गरेपछि राष्ट्रपतिबाट जारी पनि भएको थियो । तर ६० दिनभित्र संसदमा लैजान नपाएपछि अध्यादेश निस्कृय भएको थियाे ।

नेपालमा जनकपुरदेखि जयनगरसम्म रेल सञ्चालन तयारी गरिएको छ । यो अध्यादेशसँगै रेल सञ्चालन र कर्मचारी नियुक्तिसम्बन्धी व्यवस्था गर्ने बाटो खुलेको छ ।

प्रकाशित समय : १३:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु