गृहपृष्ठ समाजसेवी गोयलद्वारा १० लाखको छात्रवृत्ति कोष स्थापना
समाजसेवी गोयलद्वारा १० लाखको छात्रवृत्ति कोष स्थापना

विराटनगरका समाजसेवी दीनबन्धु गोयलले विराटनगर-७ स्थित सत्यनारायण माध्यमिक विद्यालयमा १० लाखको छात्रवृत्ति कोष स्थापना गरेका छन् । विद्यालयमा मंगलबार आयोजित सुमनदेवी गोयल छात्रवृत्ति एवं पुरस्कार वितरण कार्यक्रममा उनले उक्त घोषणा गरेका हुन् ।
यसअघि सोही विद्यालयमा गोयलले चार लाखको सुमनदेवी गोयल छात्रवृत्ति कोष स्थापना गरेका थिए । कार्यक्रममा संरक्षक गोयल र दाता मनोज गोयलले सुमनदेवी गोयल स्मृति छात्रवृत्ति कोषबाट कक्षा ९ देखि १२ सम्मका प्रथम, द्वितीय र तृतीय हुने २२ छात्रछात्रालाई छात्रवृत्ति रकम प्रदान गरे ।
विद्यालयले अध्ययनमा प्रोत्साहन गर्ने उद्देश्यले आन्तरिक स्रोतबाट १५ उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । कक्षा ६ देखि ११ सम्मका छात्रछात्रालाई ११ हजारका दरले छात्रवृत्ति प्रदान गर्न कोष स्थापना गरिएको उनले जानकारी दिए ।
गोयलले सोही विद्यालयमा अध्ययन गरेकी बुहारी सुमनदेवीको स्मृतिमा उक्त छात्रवृत्ति घोषणा गरेका छन् ।
प्रकाशित समय : १३:२७ बजे