global ime bank Long Banner Ad

गृहपृष्ठ समाजसेवी गोयलद्वारा १० लाखको छात्रवृत्ति कोष स्थापना

समाजसेवी गोयलद्वारा १० लाखको छात्रवृत्ति कोष स्थापना

समाजसेवी गोयलद्वारा १० लाखको छात्रवृत्ति कोष स्थापना

विराटनगरका समाजसेवी दीनबन्धु गोयलले विराटनगर-७ स्थित सत्यनारायण माध्यमिक विद्यालयमा १० लाखको छात्रवृत्ति कोष स्थापना गरेका छन् । विद्यालयमा मंगलबार आयोजित सुमनदेवी गोयल छात्रवृत्ति एवं पुरस्कार वितरण कार्यक्रममा उनले उक्त घोषणा गरेका हुन् ।

यसअघि सोही विद्यालयमा गोयलले चार लाखको सुमनदेवी गोयल छात्रवृत्ति कोष स्थापना गरेका थिए । कार्यक्रममा संरक्षक गोयल र दाता मनोज गोयलले सुमनदेवी गोयल स्मृति छात्रवृत्ति कोषबाट कक्षा ९ देखि १२ सम्मका प्रथम, द्वितीय र तृतीय हुने २२ छात्रछात्रालाई छात्रवृत्ति रकम प्रदान गरे ।

विद्यालयले अध्ययनमा प्रोत्साहन गर्ने उद्देश्यले आन्तरिक स्रोतबाट १५ उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । कक्षा ६ देखि ११ सम्मका छात्रछात्रालाई ११ हजारका दरले छात्रवृत्ति प्रदान गर्न कोष स्थापना गरिएको उनले जानकारी दिए ।

गोयलले सोही विद्यालयमा अध्ययन गरेकी बुहारी सुमनदेवीको स्मृतिमा उक्त छात्रवृत्ति घोषणा गरेका छन् ।

प्रकाशित समय : १३:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु