global ime bank Long Banner Ad

गृहपृष्ठ साफ च्याम्पियनशिप: नेपाल र भारत भिड्ने

साफ च्याम्पियनशिप: नेपाल र भारत भिड्ने

साफ च्याम्पियनशिप: नेपाल र भारत भिड्ने

भारतमा जारी साफ यू-१८ महिला च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले आज आयोजक भारतको सामना गर्दैछ ।

नेपाल र भारतबीचको खेल भारतको जमसेदपुरमा बेलुका ७:१५ बजे सुरु हुनेछ । आज भारतलाई पराजित गर्दै नेपाल पहिलो जीतको खोजीमा हुनेछ । तर उपाधि दाबेदार भारतविरुद्ध जीत निकाल्न नेपाललाई त्यति सहज भने छैन ।

डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनशिपको पहिलो भेटमा भारतले नेपाललाई ७-० गोलअन्तरले पराजित गरेको थियो । नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको उक्त च्याम्पियनशिपमा नेपालले अंक जोड्न सकेको छैन ।

दुई खेलमा अंकविहीन रहेको नेपाल अंक तालिकाको अन्तिम स्थानमा छ । नेपाल पहिलो खेलमा भारतसँग पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ४-२ गोलअन्तरले पराजित भएको थियो ।

त्यस्तै यसअघि दुई खेल खेलेको भारतले दुवै खेलमा जीत हात पार्दै ६ अंक जोडेको छ । भारत अंक तालिकाको शीर्षस्थानमा रहेको छ । समान दुई खेल नै खेलेको बंगलादेशको ३ अंक छ । बंगलादेश दोस्रो स्थानमा छ । च्याम्पियनशिपमा शीर्षस्थान हासिल गर्ने टोलीले उपाधि जित्नेछ ।

प्रकाशित समय : २१:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु