global ime bank Long Banner Ad

गृहपृष्ठ सीटीईभीटी र सामुदायिक विद्यालयको पाठ्यक्रम एउटै बनाइने

सीटीईभीटी र सामुदायिक विद्यालयको पाठ्यक्रम एउटै बनाइने

सीटीईभीटी र सामुदायिक विद्यालयको पाठ्यक्रम एउटै बनाइने

शिक्षा मन्त्रालय अन्तर्गतका निकायबाट प्राविधिक धारमा उत्पादन हुने एउटै तहका जनशक्ति र लगानीमा निकै भिन्नता भएपछि पाठ्यक्रम समायोजनको तयारी भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सामुदायिक विद्यालयमा प्राविधिक धारका कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

एउटै संस्थामा दुईथरी पाठ्यक्रम र दुईथरी जनशक्ति उत्पादन भएकामा आलोचना हुन थालेपछि पाठ्यक्रम समायोजनको तयारी भएको हो । सामुदायिक विद्यालयमा केन्द्रको अनुदानमा तयार गरिएको प्राविधिक धारको पाठ्यक्रम कक्षा ९ देखि १२ सम्म सञ्चालन हुँदै आएको छ भने तिनै सामुदायिक विद्यालयमा कक्षा १० पछि सीटीईभीटीकाे तीन वर्षे डिप्लोमा कार्यक्रमअनुसार अध्ययन-अध्यापन हुने गरेको छ ।

शिक्षा मन्त्रालय अन्तर्गतका केन्द्र र सीटीईभीटीमार्फत विद्यालयमा पाठ्यक्रम मात्र होइन, शिक्षकको अनुदान तथा तालिमसमेत फरक रूपमा सञ्चालन भइरहेको छ । सीटीईभीटीकाे कार्यक्रम सामुदायिक विद्यालय, उसका आंगिक तथा सम्बन्धन प्राप्त शिक्षालयमा सञ्चालन भइरहेका छन् । माध्यमिक तह (९-१२) मा ४८४ विद्यालयमा प्राविधिक धारका कार्यक्रम सञ्चालन गरिएको छ भने ५५० भन्दा बढी माविमा सीटीईभीटी डिप्लोमा कार्यक्रम पठनपाठन भइरहेको छ ।

शिक्षा मन्त्रालयले प्राविधिक तथा व्यावसायिक शिक्षामा सबै स्थानीय तहका विद्यार्थीको सर्वसुलभ पहुँच सुनिश्चित गर्न अध्ययन समिति बनाएको छ । मन्त्रालयले प्राविधिक तथा व्यावसायिक शिक्षा महाशाखा प्रमुखको संयोजकत्वमा शिक्षा तथा मानव स्रोेत विकास केन्द्रको उपमहानिर्देशक र सीटीईभीटीकाे महाशाखा प्रमुख सदस्य रहने समिति बनाएको छ । मन्त्रालयका सहसचिव डा. हरि लम्साल प्राविधिक धारको पाठ्यक्रम समायोजनका लागि आन्तरिक रूपमा तयारी भएको बताए ।

प्रकाशित समय : २०:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु