global ime bank Long Banner Ad

गृहपृष्ठ चिनियाँ विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै

चिनियाँ विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै

चिनियाँ विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै

चिनियाँ विदेशमन्त्री वाङको नेपाल भ्रमणको मिति तयार भएको छ ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङले यही चैत ११ गते नेपाल भ्रमण गर्न लागेका हुन् । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै विदेशमन्त्री वाङको भ्रमणका बारेमा जानकारी दिएको छ ।

भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार उनको भ्रमणका अवसरमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सँग भेटवार्ताको कार्यक्रम तयार भएको छ ।

नेपाल भ्रमणका क्रममा परराष्ट्रमन्त्री खड्का र उनका चिनियाँ समकक्षीबीच प्रतिनिधिमण्डल स्तरमा यही चैत १२ गते द्विपक्षीय हित र चासोका बारेमा छलफल गर्ने कार्यक्रम छ । चिनियाँ विदेशमन्त्री वाङ चैत १३ गते नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

प्रकाशित समय : २०:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु