छ्याङदी हाइड्रोपावरको लिलामी सेयर किन्ने बुधबार अन्तिम दिन
वि.सं.२०७८ चैत ७ सोमवार २०:१६
shares

छ्याङदी हाइड्रोपावर लिमिटेडको अवितरित ५९ लाख ८२७ कित्ता हकप्रद लिलामीमा आवेदन दिने बुधबार अन्तिम दिन रहेको छ । कम्पनीले चैत १ देखि ९ गते बुधबारसम्म उक्त सेयर खरीदका लागि बोलपत्र पेश गर्न आह्वान गरेको थियो ।
हकप्रदमा नबिकेको सेयर लिलामीमा इच्छुक जोकोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ र न्यूनतम १०० कित्ताको लागि आवेदन दिनुपर्ने उल्लेख छ । आवेदकले अधिकतम मूल्य प्रतिस्पर्धात्मक रुपमा कबुल गर्न सक्नेछन् भने लिलामी खुला गरिएको अधिकतम सेयर संख्याको बोलपत्र पेश गर्न सक्नेछन् ।
आवेदकले ग्लोबल आइएमई बैंकको शाखा कार्यालय विर्तामोड, विराटनगर, जनकपुर, आदर्शनगर, वीरगञ्ज, हैटौँडा, नारायणगढ, पोखरा, बुटवल मिलनचोक, बाग्लुङ, नेपालगञ्ज त्रिभुवन चोक, सुर्खेत, घोराही दाङ, धनगढी र महेन्द्रनगरमा बोलपत्र फारम प्राप्त गर्न र बुझाउन सक्नेछन् ।
छ्याङदी हाइड्रोपावरको सेयर सोमबार नेप्सेमा प्रतिकित्ता ४५९ रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ । उक्त लिलामी सेयरको धितोपत्र बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

























