अशोक लेलैण्डको ‘मेघा सर्भिस क्याम्प-२०२२’ सुरु
वि.सं.२०७८ चैत ७ सोमवार २०:०५
shares

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा अशोक लेलैण्डले ‘मेघा सर्भिस क्याम्प २०२२’ देशैभरी आफ्ना १५ सर्भिस सेन्टरमा सुरु गरेको छ ।
आइएमई मोटर्सका निर्देशक निशान ढकाल, साझा यातायातका इन्जिनियर दिनेश श्रेष्ठ, गोल्डेन गूगल यातायातका सञ्चालक रजन रोक्का, प्राइम यातायातका श्री श्रेष्ठका साथै अन्य यातायात क्षेत्रका विशिष्ट व्यक्तित्वको उपस्थितिमा काठमाडौँमा संयुक्त रुपमा रिबन काटी समुद्घाटन गरिएको हो ।
यस योजनाअन्तर्गत ग्राहकलाई केन्द्रित गर्दै पार्ट्समा ५०% सम्म छुट, लुब्रिकेन्टमा १२% सम्म छुट र लेबर चार्जमा ३०% छुटका साथै ४५ पोइन्ट फ्री चेकअप पनि उपलब्ध हुनेछ । यस सर्भिस क्याम्पको दौरानमा ग्राहकले विभिन्न आकर्षक उपहारका साथै फ्रि गाडी वासिङ, फ्रि टिसर्ट, १ लिटर सम्मको फ्रि इन्जिन आयल र कुलेन्ट टप-अप पनि लिन सक्नेछन् ।
यस सर्भिस क्याम्पको अफरहरु अशाेक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सियल भेइकलका कुनै पनि मोडलका गाडीमा लागू हुनेछ । ग्राहकले याे अफर अशोक लेलैण्डका नेपालभर रहेका जुनसुकै सर्भिस सेन्टरमा गएर प्राप्त गर्न सक्नेछन् भने छुट कुपन पनि प्राप्त गर्न सक्नेछन् ।
'सुरक्षित गाडीका लागि जेन्युअन पार्टस् प्रयोग गरौँ' भन्ने नाराका साथ सुरु भएको यस योजना चैत ६ देखि ११ गतेसम्म मात्र लागू हुनेछ । आइएमई मोटर्सले ग्राहकको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ । यस योजनामार्फत पनि ग्राहकलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ । देशभर विभिन्न पार्टस तथा सर्भिस सेन्टरबाट ग्राहकमा सेवा प्रदान गर्न सफल मात्र नभइ उक्त गाडीहरुलाई चाहिने सर्भिस र स्पेयर पार्टस् सप्लाई पनि पर्याप्त मात्रामा गर्दै आएको छ ।

























