आइएमई पेको उत्सवको बहार दुबई घुम्ने उपहार विजेता घोषणा
वि.सं.२०७८ चैत ६ आइतवार २१:१०
shares

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा ‘आइएमई पे’ ले 'उत्सवको बहार दुबई घुम्ने उपहार' भन्ने मुल नाराका साथ नेपालीहरुको महान चाड दसै, तिहार र छठलाई लक्षित गरि तयार पारिएको स्किमको विजेता घोषणा गरेको छ ।
धनगढी कैलालीका अमिगो मनी ट्रान्सफर र सिमरा बाराका मोबाइल सरोकार उक्त स्किमअन्तर्गत विजेता घोषित भएका छन । आइएमई काउण्टरबाट आइएमई पे मोबाइल एप प्रयोग गरी स्किम अवधिमा हवाई टिकट विक्री गरेबापत सिस्टममा आधारित लक्की ड्रमार्फत विजेता छनोट गरिएकाे थियाे । व्यवसायिक साझेदारलाई पुरस्कृत गर्ने उद्देश्यले व्यवसाय प्रवर्द्धनमुखी उक्त स्किम सञ्चालन गरिएको आइएमई ग्रुपले जनाएकाे छ ।
उक्त कार्यक्रममा दुई जोडीलाई ४ रात ५ दिनका लागि दुबई घुम्ने अवसर प्राप्त हुने गरी तयार पारिएको थियो । कोभिडका कारण बाहिरी देश भ्रमणको लागि उपयुक्त समय नभएको कारण सोही भ्रमणको लागि लाग्ने खर्च ३ लाख रुपैयाँ अर्थात प्रतिविजेता एक लाख ५० हजार आइएमई पे एपमार्फत स्किमका विजेताहरुलाई ट्रान्सफर गरिएको छ ।

























