global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्र र जनतालाई केन्द्रमा राखेर वैदेशिक सहायता स्वीकार गरिने

राष्ट्र र जनतालाई केन्द्रमा राखेर वैदेशिक सहायता स्वीकार गरिने

राष्ट्र र जनतालाई केन्द्रमा राखेर वैदेशिक सहायता स्वीकार गरिने

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाल र नेपालीको हितका खातिर जुनसुकै मुलुकले प्रदान गर्ने सहयोग स्वीकार गरिने बताए ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले आज आयोजना गरेको एक कार्यक्रममा उनले राष्ट्र र जनताको हित विपरीतका सहयोग आफ्नो पार्टीले सधैँ अस्वीकार गर्ने स्पष्ट पारे । 'राष्ट्र र जनतालाई केन्द्रमा राखेर वैदेशिक सहायता स्वीकार गर्नुपर्छ,' उनले भने । मुलुक र जनतालाई नै केन्द्रमा राखेर आफू राजनीतिमा होमिएको उल्लेख गर्दै उनले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे फैलाइएको नकारात्मक भ्रम चिर्न पार्टीका कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए ।

'घर-घर जाउँ, कांग्रेस जिताऊँ' अभियानलाई व्यापक बनाउनुपर्ने तथा पार्टीलाई सबै स्थानमा विजयी गराउन नेतृत्व पंतिका साथै तल्लो तहका कार्यकर्ता पनि उत्साहका साथ लाग्नुपर्ने नेता सिंहले बताए । आसन्न निर्वाचनमा उम्मेदवारको अभिलाषा लिएकालाई वैधानिक बाटोबाट अघि बढ्न उनले सुझाव दिए ।

प्रकाशित समय : २१:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु