गृहपृष्ठ तारागाउँ रिजेन्सी होटेलको साधारणसभा आह्वान , लाभांश नदिने
तारागाउँ रिजेन्सी होटेलको साधारणसभा आह्वान , लाभांश नदिने
तारागाउँ रिजेन्सी होटेल (Taragaon Regency Hotel)ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र २७ गते बिहान ११ बजे भर्चुअल माध्यमबाट आर्थिक वर्ष ७७/७८ को सभा गर्न लागेको हाे ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १२ देखि चैत्र २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । कम्पनीले लाभांश घोषणा गरेको छैन ।
कम्पनीको सभामा आर्थिक वर्ष २०७७/०७८ ९२०२०/२०२१० को सञ्चालक समितिको २५ औँ वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको आर्थिक वर्ष २०७७/०७८ ९२०२०/२०२१० को वित्तिय विवरणहरु : वासलात, नाफा तथा नोक्सान हिसाब, नगद प्रवाह विवरण र लेखा टिप्पणीहरु स्वीकृत गर्ने, आ.व. २०७४/०७९ ९२०२१/२०२२० को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, आइसिटिसी होल्डिङ कम्पनी प्रालिबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक दिजा श्रेष्ठको स्थानमा जयादिन श्रेष्ठको नियक्तीलाई अनुमोदन गर्ने र प्रवन्ध सञ्चालक र कार्यकारी सञ्चालकको पुनः नियुक्तीलाई अनुमोदन गर्ने प्रस्ताव पेश हुने छन् ।
प्रकाशित समय : १६:०० बजे

















