काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विप्लवको चुनावी नीति : बहिष्कार वा सहभागी केन्द्रीय कमिटीमा छलफल हुँदै

11K
shares

आगामी बर्षको बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कमिटी बोलाएको छ । निर्वाचनलाई बहिष्कार गर्ने वा सहभागिता जनाएर चुनावमा होमिनेबारेको निर्णय गर्न विप्लवले बैठक आह्वान गरेका हुन् ।

बैठक शुक्रबार कपिलवस्तुको शिवगढीमा सुरु हुने नेकपाले जनाएको छ ।

गत २६ फागुनमा सम्पन्न भएको सचिवालय बैठकमै महासचिव विप्लवले चुनाव उपयोगबारे प्रस्ताव गरेका थिए । उक्त प्रस्तावबारे नेकपाको उच्च तहमै समान मत छैन । पाँच सदस्यीय सचिवालय बैठकमा विप्लवको प्रस्तावको पक्षमा प्रवक्ता विश्वकर्मा मात्रै उभिएका थिए ।

वास्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’यसको विपक्षमा थिए । अर्का सचिवालय सदस्य सन्तोष बुढामगर भने तटस्थ बसेका थिए । पार्टीमा विप्लव र प्रवक्ता विश्वकर्माको पडक भएकाले केन्द्रीय समिति बैठकले चुनाव उपयोगको नीति लिने अनुमान गरिएको छ ।