गृहपृष्ठ जुवाको खालबाट ४ लाखसहित १९ जना पक्राउ

जुवाको खालबाट ४ लाखसहित १९ जना पक्राउ

जुवाको खालबाट ४ लाखसहित १९ जना पक्राउ

गोरखामा जुवाको खालबाट झण्डै चार लाख नगद पैसासहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । बारपाक सुलिकोट गाउँपालिका–३ सौरपानीमा जुवा खेलिरहेका १९ जनासहित नगद बरामद गरेको प्रहरीले जनाएको छ ।

स्थानीय सीता कुमारी आले मगरको घरको आँगनमा जुवा खेलिरहेका उनीहरुलाई बिहीवार राति १ बजे पक्राउ गरिएको हो ।

पक्राउ परेका व्यक्तिहरु १९ देखि ७५ वर्ष उमेरसम्मका छन् । सट्टाबाजी गर्न नहुने कसुर अन्तरगत शुक्रबार मुद्दा दर्ता गरेर आवश्यक कारवाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १५:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु