global ime bank Long Banner Ad

गृहपृष्ठ पेट्रोलियम पदार्थको मूल्य बढ्यो, एलपी ग्यासकाे यथावत

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, एलपी ग्यासकाे यथावत

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, एलपी ग्यासकाे यथावत

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ५ रूपैयाँ वृद्धि गरेको हो ।

यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १५ रूपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर २०० वृद्धि भएको निगमले जनाएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । मूल्यवृद्धिसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १५५, डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १३८, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १५१ रूपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रिय)को मूल्य प्रतिलिटर अमेरिकी डलर १.४९५ पुगेको छ ।

मूल्यवृद्धि गर्दा पनि आगामी १५ दिनमा करिब चार अर्ब ६६ करोड रूपैयाँ नोक्सानी हुने निगमले जनाएको छ । सञ्चित बचत सकिएको र घाटा उच्च भएकाले इन्डियन आयल कर्पोरेशन (आइओसी)लाई भुक्तानी गर्न रकमको अभाव भएको निगमले जनाएको छ । आइओसीलाई भुक्तानी गर्न नपुग रकम मूल्य स्थिरीकरण कोष तथा अन्य वित्तीय संस्थाबाट ऋण लिनुपर्ने बाध्यात्मक अवस्था रहेको निगमका सहप्रवक्ता पुस्कर कार्कीले बताए ।

प्रकाशित समय : ०३:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु