global ime bank Long Banner Ad

गृहपृष्ठ एक अर्ब बढीको ऋणपत्र जारी गर्दै बैंक अफ काठमाण्डू

एक अर्ब बढीको ऋणपत्र जारी गर्दै बैंक अफ काठमाण्डू

एक अर्ब बढीको ऋणपत्र जारी गर्दै बैंक अफ काठमाण्डू

बैंक अफ काठमाण्डूले १ अर्ब १० करोडको डिबेञ्चर(ऋणपत्र) जारी गर्ने भएको छ । बैंकले सो रकम बराबरको १ हजार अंकित दरको ११ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको हो ।

बैंकले सो ऋणपत्र जारी गर्न एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवण लाल मास्के र एनआइबीएल एस क्यापिटलको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत रहेको छ । बैंक अफ काठमाण्डू कम्पनी ऐनबमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको छ । यस बैंकले ९९ शाखा, ८७ एटीएम र १० एक्सटेन्सन काउन्टरमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित समय : ०२:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु