गृहपृष्ठ नेप्सेमा सामान्य सुधार, ४ अर्बभन्दा बढीको कारोबार

नेप्सेमा सामान्य सुधार, ४ अर्बभन्दा बढीको कारोबार

नेप्सेमा सामान्य सुधार, ४ अर्बभन्दा बढीको कारोबार

काठमाडौं — साताको कारोबारको तेस्रो दिन बुधबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.७९ अंकले बढेर २ हजार ६४१.८५ बिन्दुमा पुगेको छ ।

परिसूचक सामान्य बढे पनि कारोबार रकम भने ४ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । आज ४ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । दिनभर ९५ लाख ३४ हजारभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कारोबार संख्या ५२ हजार ३३३ पुगेको छ ।

कारोबारमा आएका उपसमूहमध्ये होटल तथा पर्यटन, वाणिज्य बैंक र जलविद्युत समूहमा सामान्य वृद्धि देखिएको छ । होटल तथा पर्यटन समूह ०.५० प्रतिशत, वाणिज्य बैंक ०.३२ प्रतिशत र जलविद्युत समूह ०.०५ प्रतिशतले बढेका छन् ।

यता व्यापार समूह भने ०.७७ प्रतिशतले घटेको छ । समग्र बजारमा अन्य उपसमूहको प्रदर्शन मिश्रित रह्यो ।

कम्पनीगत रूपमा अपर लोहोरे हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशतले बढेको छ । त्यसैगरी महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १४.९१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सामलिङ पावर र रिडी पावरमा लगानीकर्ताको बढी चहलपहल देखिएको छ ।

परिसूचकमा ठूलो उतारचढाव नदेखिए पनि कारोबार रकम ४ अर्ब रुपैयाँभन्दा माथि रहनुले बजारमा लगानीकर्ताको सक्रियता कायम रहेको देखाएको छ । पछिल्ला दिनमा उतारचढाव देखिँदै आएको बजारले भने अझै स्पष्ट दिशा समात्न सकेको छैन ।

प्रकाशित समय : १५:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु