global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ फोटोन टुनल्याण्डको नयाँ भेरियन्ट सार्वजनिक हुँदै

फोटोन टुनल्याण्डको नयाँ भेरियन्ट सार्वजनिक हुँदै

फोटोन टुनल्याण्डको नयाँ भेरियन्ट सार्वजनिक हुँदै

पछिल्लो समय अत्यधिक मात्रामा ग्राहकले रुचाएको फोटोन टुनल्याण्डको नयाँ भेरियन्ट नेपाली बजारमा सार्वजनिक हुने भएको छ ।

टुनल्याण्ड इ प्लस गाडी केहि समय भित्रै नेपाली बजारमा आउने नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले जनाएको छ ।

कुन स्पेसिफिकेसनको भन्ने विषयमा कम्पनीले हालसम्म खुलाएको छैन तर कम्पनीका सेल्स हेड नबिन आचार्यले भने, 'पावर, लुक्स र पर्फमेन्समा जब्बर गाडी आउँछ । जसरी फोटोन टुनल्याण्डले चिनियाँ गाडी प्रति मानिसहरूले हेर्ने नजर परिवर्तन गरेको छ यो विश्वासलाई फोटोनले कायम राख्नेछ ।'

कम्पनीले नयाँ फोटोन टुनल्याण्डमा २.० लिटर क्षमताको डिजेल इन्जिन दिएको छ । उक्त इन्जिनले १४८ हर्स पावर प्रदान गर्नेछ भने अधिकतम ३२० एनएम टर्क जेनेरेट गर्छ। ट्रान्समिसन ६ फरवार्ड १ रिजर्ब सिस्टम भएकाले माइलेज पनि उत्कृष्ठ हुने कम्पनीको भनाइ छ ।

पावर,लुक्स र पर्फमेन्स कारण लोकप्रिय बन्दै गइरहेको फोटोनले पछिल्लो समय आफ्नो डिलर र सर्भिस सेन्टर पनि आक्रामक रुपले विस्तार गरिरहेको छ ।

प्रकाशित समय : २३:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु