गृहपृष्ठ चुनावका लागि गाउँ जान सांसदलाई एमाले अध्यक्षको निर्देशन

चुनावका लागि गाउँ जान सांसदलाई एमाले अध्यक्षको निर्देशन

चुनावका लागि गाउँ जान सांसदलाई एमाले अध्यक्षको निर्देशन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनका क्रममा गाउँ-गाउँका जनताको घरदैलोमा पुग्न संघीय संसद्का आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् ।

सो पार्टीको संसदीय दलको बुधबार नयाँ बानेश्वरमा भएको बैठकमा अध्यक्ष ओलीले एमालेले पाँच दलीय गठबन्धनलाई एक्लैले प्रतिस्पर्धा गर्नुपर्ने भएकाले जनताका बीचमा पुगेर मत माग्न आग्रह गरेकाे हुन् । दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार सरकारले हठात् संघीय संसद्को अधिवेशन अन्त्य गराएको र समसामयिक विषयमा अध्यक्ष ओलीले निर्देशनात्मक मन्तव्य दिएका थिए ।

भट्टराईले वडा, पालिका र जिल्ला तहमा अधिवेशन सम्पन्नसहित सांगठनिक र वैचारिक रूपमा चुस्त हुँदै उम्मेदवार चयनका लागि मापदण्ड तय गरिसकेको अवस्थामा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न एमाले पूर्णरूपमा तम्तयार रहेको बताए । उनले वर्तमान ‘विचार र सिद्धान्त नमिल्ने’ सत्ता गठबन्धनसँग प्रतिस्पर्धा गर्न एक्लै एमाले सक्षम रहेको जिकिर गर्दै हाल जनप्रतिनिधि रहेका र राम्रा काम गरेका तथा योग्यतम उम्मेदवारलाई सम्बन्धित कमिटीले सकेसम्म सर्वसम्मतरूपमा उम्मेदवार चयन गर्ने र ती कमिटीले नसकेमा माथिल्लो कमिटीले निर्णय दिने स्पष्ट पारे ।

उनले एमाले बाहेकका दलले नै एमालेसँग प्रतिस्पर्धा गर्न गठबन्धन आवश्यक रहेको जनाउन थालेकाले समृद्धिको सोचसहित एमाले चुनावमा उत्रने बताए ।

प्रकाशित समय : ००:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु