भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच बिमा सेवा सम्झौता
वि.सं.२०७८ चैत २ बुधवार १७:३०
shares

भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच बिमा सहकार्य सम्झौता सम्पन्न भएको छ । सो अवसरमा 'उद्योग व्यवसायमा बिमाको आवश्यकता र फाइदा' विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
संघका अध्यक्ष शिवप्रसाद मानन्धरले सहभागीलाई स्वागत गर्दै बिमाको अपरिहार्यताको बारेमा प्रकाश पारेका थिए । सोही कार्यक्रममा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले भक्तपुर क्षेत्रका ब्यवसायीसँग सहकार्य गरी परिस्कृत सेवा प्रदान गर्न यो सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास र प्रतिवद्धता व्यक्त गरे ।
उक्त कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक डोरिन्द्र राज दहालले आजको बदलिँदो परिस्थितमा बिमाको अपरिहार्यताको बारेमा प्रकाश पार्दै बिमा गर्ने समयमा नै पर्याप्त छलफल गर्न सकेमा पछि दावीको अवस्थामा कुनै समस्या नहुने बताए ।
उक्त कार्यक्रमका संयोजक तथा संघका महासचिव दिनेश गोँसाइले कार्यक्रमको औचित्य र बिमाको महत्वको बारेमा प्रष्ट पार्न भएको थियो भने संघका वरिष्ठ उपाध्यक्ष रोशनी मैयां धौवन्जाले बिमाको अपरिहार्यताको बारेमा धारणा राखिन् । सोही अवसरमा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत खत्री र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष मानन्धरले बिमा सेवा सम्झौता पत्रमा हस्ताक्षर गरे ।
























