global ime bank Long Banner Ad

गृहपृष्ठ ब्याजदर वृद्धिको विरोधमा व्यवसायीद्वारा राष्ट्र बैंक अगाडी प्रदर्शन

ब्याजदर वृद्धिको विरोधमा व्यवसायीद्वारा राष्ट्र बैंक अगाडी प्रदर्शन

ब्याजदर वृद्धिको विरोधमा व्यवसायीद्वारा राष्ट्र बैंक अगाडी प्रदर्शन

मोरङ ब्यापार संघले ब्याजदरको विषयलाई लिएर नेपाल राष्ट्र बैंकमा धर्ना दिएको छ । संघले नेपाल राष्ट्र बैंकको विराटनगर कार्यालयमा प्ले कार्ड सहित धर्ना दिएको हो ।

संघले  संस्थागत निक्षेपमा अधिकतम् ६ प्रतिशत बैंक व्याजदर कायम गराउन, तरलता अभावको समस्या न्यूनिकरण गराउन, उद्योग व्यवसायलाई एकल अंकको ब्याजदर कायम गर्न, उत्पादनमुलक उद्योगलाई बैंक ऋण सहज गर्न, स्वदेशी उद्योग संरक्षण गर्न, लगानीमैत्री वातावरण सिर्जना गर्न, स्वदेशी लगानी प्रोत्साहन गर्न, महंगी नियन्त्रण गर्न, माग गरेको छ ।

संघले मुलुकको आर्थिक मेरुदण्डीय निजी क्षेत्रका उद्योग/व्यवसायहरुले हाल बढ्दो व्याज दरको मार खेप्नुका साथै हाल विभिन्न कारणले पूँजी अभावको अवस्था श्रृजना भएबाट उद्योग/व्यवसायहरु धरासायी हुने सम्भावना बढ्न गई मुलुकको स्वदेशी लगानी, रोजगारी, उत्पादकत्व सहित समग्र अर्थतन्त्र नै धरापमा पर्न जाने जोखिमपूर्ण स्थितिको श्रृजना भएको बताको उल्लेख गरेको छ ।

संघले यस अघि अर्थमन्त्री जनार्दन शर्मा ‘र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यिनै विषय समेटेर ज्ञापन पत्र समेत बुझाएको थियो ।

प्रकाशित समय : २१:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु