काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दोहोराे अंकले घट्यो नेप्से

11.55K
shares

आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.१५ अंकले घटेको छ । कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से परिसूचक दोहोरो अंकले घट्दै २६५०.९७ अंकमा आएर रोकिएको हो । आज सेन्सिटिभ सूचक पनि ७.२६ अंकले घटेको छ ।

आज नेप्सेमा ६५ लाख २९ हजार कित्ता सेयर किनबेच भइ ३ अर्ब ३६ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, कारोबार भएका १३ मध्ये ४ समूह बढेका छन् । जीवन बिमा समूह १०२ अंक, होटल एण्ड टुरिज्म ९७.७, निर्जीवन बिमा समूह ६७ अंक र म्युचुअल फण्ड समूहमा ०.०९ अंकको वृद्धि आएको छ । यीबाहेक, उत्पादनमुलक समूह १०४ अंकले घटेको छ भने जलविद्युत समूह ४५ अंकले घटेको छ ।

अन्य समूह ३५ अंकले घट्दा लघुवित्त समूह ३९ अंकले घटेको छ । यसका साथै, व्यापार समूहमा समेत २७ अंकको गिरावट आउँदा बैंकिङ समूह ११ अंकले घटेको छ । बजार दोहोरो अंकले घटे पनि इमर्जिङ नेपालको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।

साेमबार भने ब्रोकरहरुको डेटा सेन्टरमा गडबडी आएपछि सेयर कारोबार प्रभावित भएकाे थियाे । दिउँसो १२ बजेर ५३ मिनेटपछि डेटा सेन्टरको समस्याका कारण नेपाल स्टक एक्सचेन्जले सेयर कारोबार रोकेकाे थियो । प्राविधिक समस्याले काराेबार प्रभावित हुँदा साेमबार १ अर्ब ३४ करोड २२ लाख ३२ हजार रुपैयाँको २३ लाख ४९ हजार कित्ता सेयर खरिदबिक्री भएका थिए ।