काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

किभका आवासीय भवनलाई निशाना बनाउँदै रुसी सेना

9.43K
shares

रुसी सेनाले मंगलबार पनि युक्रेनका विभिन्न सहरमा हमला तीव्र पारेको छ । रुसी सेनाले आवासीय भवनलाई मुख्य निशाना बनाएको छ । राजधानी किभका आवासीय भवनहरुमा बिस्फोट र मिसाइल प्रहार भएका छन् ।

युक्रेनको राज्य आपतकालीन सेवाका अनुसार किभमा भएका मिसाइल प्रहारमा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ३५ जनाको उद्धार भएको छ । विस्फोटनका कारण लुकियानिभ्स्कास्थित रेल स्टेसनको अग्रभाग र कार्यालयहरूमा क्षति भएको किभको मेट्रो सञ्जालले जनाएको छ ।

किभबाट पश्चिमी क्षेत्रमा रहेको बोर्सचागोभका जिल्लामा कम्तिमा दुई ओटा शक्तिशाली बिस्फोट भएका छन् । रुसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ । रुसी हमलामा सयौ मानिस मारिएका छन् । रुसी हमलाका कारण झन्डै २५ लाख मानिस युक्रेन छोडेर छिमेकी मुलुकहरुमा शरण लिएका छन्  ।