गृहपृष्ठ क्रिप्टोकरेन्सीका दुईजना काराेबारीविरुद्ध मुद्दा, ९ करोड ७४ लाख बिगो दाबी

क्रिप्टोकरेन्सीका दुईजना काराेबारीविरुद्ध मुद्दा, ९ करोड ७४ लाख बिगो दाबी

क्रिप्टोकरेन्सीका दुईजना काराेबारीविरुद्ध मुद्दा, ९ करोड ७४ लाख बिगो दाबी

राजस्व अनुसन्धान विभागले क्रिप्टोकरेन्सीमा संलग्न भएको अभियाेगमा दुईजनाविरुद्ध ९ करोड ७४ लाख ६९ हजार बिगोसहित मुद्दा दायर गरेको छ । विभागले मंगलबार काठमाडौँ जिल्ला अदालतमा मोरङ रतुवामाईका पुस्कर श्रेष्ठ र बिनिता लिम्बुविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरुले विभिन्न खालका एप्सको प्रयोग गरेर अवैध रुपमा अनलाइनमार्फत कारोबार गरेको विभागको दाबी छ । उनीहरु क्रिप्टोकरेन्सीमा संलग्न भएको गरेको विभिन्न बैकका स्टेटमेन्टहरु, बरामद गरेका मोबाइलमा प्राप्त डाटा, कल डिटेल विवरण अदालतबाट खुल्न आयोगको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिए ।

श्रेष्ठ र लिम्बुले मोबाइल एप्सहरु 1xbet, Binance, Adv Cash, Coinbase, Paxfull लाई प्रयोगमा ल्याएर विदेशी विनिमय अमेरिकी डलरसम्बन्धी कसुर गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ ।

पुस्कर श्रेष्ठले मेगा बैंकबाट ८६ लाख ८३ हजार, सिटिजन्स बैंकबाट दुई करोड ५१ लाख ७६ हजार, एनआइसी एशिया बैंकबाट एक करोड ८२ लाख ४९ हजार आठ सय र राष्ट्रिय वाणिज्य बैंकबाट २ कराेड ३६ लाख ६२ हजारसहित ७ करोड ५७ लाख ७१ हजार ९ नौ सय रुपैयाँको अवैध कारोबार गरेको विभागको दाबी छ । त्यस्तै लिम्बुले एनआइसी एशियाबाट २ करोड १६ लाख ९८ हजारसहित जम्मा ९ करोड ७४ लाख ६९ हजार ९ सय ८३ रुपैयाको कारोबार गरेको देखिएको विभागले जनाएकाे छ ।

के हो क्रिप्टोकरेन्सी ? किन नेपालमा यसको कारोबार गर्न पाइँदैन ?

'क्रिप्टोकरेन्सी र नेटवर्किङमा लाग्दै नलाग्नू'

प्रकाशित समय : २१:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु